शुषमाजीका कथाहरूको म नियमित भन्दिन, तर क्रेजी पाठक हुँ । कथा कसरी लेखियो भनेर हेर्नुभन्दा पनि मचाहिँ के लेखियो र त्यसले परम्परित विश्वास र मान्यताहरूलाई भत्कायो कि भत्काएन, पाठकका पूर्वानुमान र आग्रहलाइ तोड्यो कि तोडेन भनेर हेर्ने गर्दछु । हामी पाठकहरू (कमसे कम म) आफूले विश्वास गरेको मात्र सही, अरूले गरेको विश्वास बेसही भन्ठान्छैाँ कहिलेकाहीँ । हामी प्रचलित धारभन्दा फरक कुरा हम्मेसी पत्याउँदैनैाँ ।
मचाहिँ कथाकारलाई साह्रै हिम्मतीली मान्दछु यस कथामा । कथामा हुनुपर्ने बहाव, रोचकता, औत्सुक्य, बिटमराइ, निहित सन्देश, भाषा, शब्दको फारो र पाठकमा पर्ने चिर प्रभाव नै कुनै कथाकारका उपलब्धी हुन् भन्ने मलाई लाग्दछ । कथान्त जसरी गरिएको छ, त्यो मलाई सबभन्दा मन परेको खण्ड हो । फेरि पनि भन्छु शुषमाजी, लेख्दा शब्दको फारो त गर्नैपर्छ है । शब्द भनेका कच्चा सामग्री हुन् तिनको फारो गरिएनभने उत्पादन लागत बढ्छ है ।
यस्तो हुनसक्छ, किन नहुनु ? संसारमा के हुँदैन ? यस्तै कथा अरू पनि पढ्न पाउँ शुषमाजी । धन्यवादसहित ।
राजन